मनाङलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

पोखरा । जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार दिउँसो भएको क्वाटरफाइनल खेलमा चर्चित क्लब मनांङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमा ७-६ गोलले हराउँदै जावलाखेल फाइनल नजिक पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलको  निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलबाट विजेताको टुंगो नलागेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई शुरुवाती अग्रता दिलाएका थिए । ८९ औं मिनेटमा राजेश परियारले मनागको लागि गोल फर्काएपछि  खेल अतिरिक्त समयमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *