गाजामा युद्धविरामका लागि अमेरिका, इजरायल, इजिप्ट र कतारका अधिकारीहरू छलफलमा

गाजा वार्ताका लागि पेरिसमा अमेरिका, इजरायल, इजिप्ट, कतारका अधिकारीहरू छलफलमा जुटेको बताइएको छ । अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुखका साथै शीर्ष इजिप्ट, कतारी र इजरायली अधिकारीहरूले गाजामा युद्धविरामका लागि आइतबार पेरिसमा कुराकानी अगाडि बढाएका छन् ।

फ्रान्सेली अधिकारीहरू पनि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको शत्रुता रोक्न वार्ता गर्ने उद्देश्यले यी चार देशहरूसँग नियमित सम्पर्कमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *