काठमाडौं । चर्चित गायिका रचना रिमाल सवार गरेको जिप दुर्घाटनामा परेको छ । नेपालगन्जबाट दाङको लमही महोत्सव जानेक्रममा रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।
उनले आफ्नो अवस्था भने सामान्य रहेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएकी छिन् ।
उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी दिंदै लेखेकी छिन्,“आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो । गाडीमा केही क्षति पुगेको छ । यात्रुहरू हामी सबै सकुशल छौँ । साथै, आज लमही महोत्सवमा हुने भनिएको मेरो सांगीतिक प्रस्तुति भोलि रहने सबैमा जानकारी गराउँदछु । आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु ।”
