आँचलको मुख्य भूमिकामा ‘एक मुठ्ठी बादल’ बन्दै

काठमाडौँ । आँचल शर्माको मुख्य भूमिका रहने फिल्म ‘एक मुठ्ठी बादल’ निर्माण हुने भएको छ ।

आँचल सँगै फिल्ममा सहयोगराज अधिकारीको मुख्य भूमिका रहने छ  । निर्माण टोलीले बिहीबार फिल्मको एक पोस्टर सार्वजनिक गरेको हो । सहाराको यो दोस्रो प्रोजेक्ट हो । उनले यसअघि ‘इन्द्रेणी खोज्दै जाँदा’ बनाएकी थिइन् । काठमाडौँ । फिल्मको निर्देशन सहारा शर्माले गर्न लागेकी हुन् ।

पारिवारिका विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता अभिमन्यु दीक्षित हुन् । फिल्मको छायाङ्कन आगामी फेब्रुअरीमा पोखरामा हुनेछ ।  फिल्मको पटकथा सहाराले नै लेखेकी हुन् । गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउन्ड टकिजले निर्माण सहकार्य रहने फिल्म फेस्टिभल र हल दुबैलाई लक्षित गरेर निर्माण हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *