रुसले अफ्रिकामा अनाज र मल आपूर्ति जारी राख्ने

रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ । अब्रामचेन्कोलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यसबारे जनाकारी गराएका छन्।

रूस विश्वव्यापी अनाज भण्डार र भरपर्दो आपूर्तिकर्ता हो । अन्न र मलको सन्दर्भमा मानवीय सहायताको पहिलो चरण अफ्रिकी देशहरूमा पठाइसकेको छ र आगामी दिनमा यसलाई जारी राखिने छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनले भर्खरै पश्चिमी देशहरूले खाद्य, खनिज मल, रसद र भुक्तानीमा लगाएको प्रतिबन्धले विश्व भोकमरीको समस्या बढेको स्वीकार गरेको रुसका उपप्रधानमन्त्रीले बताए ।

गत वर्ष जुलाईमा रुस–अफ्रिका शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व खाद्य कार्यक्रमको सूचीमा रहेका ६ अफ्रिकी देशलाई रुसले मानवीय सहायताका रूपमा अन्न पठाउने बताएका थिए ।

कृषि अधिकारीहरूका अनुसार सोमालिया र बुर्किना फासोका लागि प्रत्येक २५ हजार टन गहुँ बोकेका दुई जहाजहरू नोभेम्बरको मध्यमा रूसबाट त्यसतर्फ प्रस्थान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *