स्याङ्जा । विश्व हिन्दू युवा संघ स्याङ्जाले ३०२ औ पृथ्वीजयन्तीको अवसरमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण कार्यक्रम आयोजनागरेको छ ।
विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी विश्व हिन्दू युवा संघका केन्द्रीय सदस्य एवं वालिङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष डण्डपाणि पङ्गेनीको प्रमुख अतिथ्यमा भएको थियो ।
कार्यक्रममा संघका जिल्ला सह–प्रवक्ता कुशल बस्याल, जिल्ला सदस्य बादल लामिछाने, सुमन लामिछाने, वविन पाठक, समाजसेवी एवं शिक्षक हिमलाल पङ्गेनी, कृष्ण पङ्गेनी, विद्यार्थी नेता विपिन कुँवर लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी डण्डपाणि पङ्गेनीले पृथ्वीनारायण शाह कुनै विशेश पार्टी, समूहको नभई हामी सम्पूर्ण नेपालीहरुको साझा व्यक्ति भएको बताए ।
यस्तै विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नवराज पौडेलले पृथ्वीनारायण शाहले हामी सबैलाई एउटै मालामा गास्ने काम गरेको र उनले भौगोलिक साथै सांस्कृतिक एकता गराएको बताए ।