युवा तथा खेलकूदमन्त्री लिम्बुलाई पत्नी वियोग

मोरङ । युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बु मातृशोकको केही महिना नबित्दै पत्नी वियोगमा परेका छन् । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको मोरङस्थित घरैमा निधन भएको हो । उनको शुक्रबार विहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा दाहसंस्कार गरिने कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए । लिम्बुका १ छोरी र १ छोरा छन् । मन्त्री लिम्बुले केही महिनाअघि मात्रै आमा गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *