युक्रेनको संसदद्वारा थप सैनिक परिचालन गर्ने सम्बन्धी विधेयकमाथि छलफल गर्न अस्वीकार

युक्रेनको संसद्ले सांसद र जनताको कडा आलोचनाका कारण थप सैनिकहरू पठाउने उद्देश्यले संसदमा पेश गरिएको विवादास्पद विधेयकमाथि छलफल गर्न अस्वीकार गरेको छ ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत महिना चेतावनी दिदै सेनाले युक्रेनमा तैनाथ ६० लाख वा त्यो भन्दा बढी रूसी सैनिकहरू विरुद्ध लड्न थप ५ लाख मानिसहरूलाई परिचालन गर्न चाहेको बताउदै विधेयक प्रस्तुत गरेका थिए ।

यता सत्तारुढ दलका नेता डेभिड अरखामियाले युक्रेनका सैन्य नेताहरूसँगको बन्द गोप्य बैठकपछि केही प्रावधानहरूले प्रत्यक्ष रूपमा मानवअधिकारको उल्लङ्घन गर्ने खालको भएको बताए ।

इयु समर्थक उदारवादी होलोस पार्टीका विपक्षी सांसद् यारोस्लाभ झेलेज्न्याकले युद्धमा थप जनपरिचालनसम्बन्धी विधेयकमा समर्थन नरहने आशय व्यक्त गरेका छन् । मस्कोले युद्धको फ्रन्टलाइनमा युक्रेन विरुद्ध तैनाथी बढाउने प्रयास गरिरहँदा युक्रेन पनि सैन्य परिचालन बढाउन इच्छुक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *