बोत्सवानामा १६६ क्यारेटको हिरा फेला

हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमण्डले बोत्स्वानाको कारोव खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ । क्यानाडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज हो ।

कम्पनीले सन् २०१२ मा खानी अन्वेषण शुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८ औँ बहुमूल्य रत्न हो । लुकारा डायमण्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर–मध्य बोत्सवानामा रहेको कारोवे डायमण्ड माइनको एकल प्रभुत्वको कम्पनी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *