पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्नुपर्छः सभामुख घिमिरे

 

गण्डकी । सभामुख देवराज घिमिरेले उद्घाटन भएको एकवर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन नसक्नु दुःखद् भएको बताएका छन् ।

युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा बिहीबारदेखि सुरु बाह्रौँ संस्करणको पोखरा महोत्सवको उद्घाटनका क्रममा सभामुख घिमिरेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जतिसक्दो चाँडो नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताएका हुन्  ।

सभामुख घिमिरेले युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा समावेश गर्नुपर्ने धारणा राखे । सेती नदीलाई पर्यटनसँग जोड्न तीनवटै तहका सरकारको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले युनाइटेड क्लबले सामाजिक काममार्फत जनतालाई सहयोग गरेकोमा प्रशंसा गरिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *