रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक नेपाली मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवका सोनु सुनारको मृत्यु भएको खबर आएको प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्माले जानकारी दिएका हुन् ।

रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना अघि रुस गएर त्यहाँको सेनामा भर्ना भएका थिए । हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ।

यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो । चार नेपाली युक्रेनी सेनाको कब्जामा रहेका मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *