नेप्सेमा सामान्य गिरावट

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बिहीबार शून्य दशमलव ६२ अंकले घटेको छ । शून्य दशमलव शून्य ३ प्रतिशतले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो ।

बिहीबार दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७८ लाख लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज ३०७ कम्पनीको कारोबार भएकामा १२१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै,११७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

१३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ । ६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । नेपाल एसबीआई बैंक ऋणपत्रको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *