सैन्य कारबाहीमा पाकिस्तानमा दुई सैनिकसहित चार जनाको मृत्यु

पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कारबाहीमा दुई सैनिकसहित चार जनाका मृत्यु भएको सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखाले बुधबार राति पख्तुनख्वा प्रान्तको लक्की कारवत जिल्लामा सुरक्षा बल र सशस्त्र समूहबीच झडप भएको जनाएको छ ।

सेनाले गोलाबारीमा संलग्न दुई आतङ्ककारी सैन्य कारबाहीमा मारिएको र दुई सैनिकको पनि मृत्यु भएको जनाएको छ ।

सेनाले घटनास्थलबाट उक्त समूहको साथबाट हतियार, गोली तथा विस्पोटक पदार्थ बरामद गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *