गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने पार्टी सदस्यलाई रास्वपाले गर्‍यो निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गौशाला २६ को पहिचान खुलाउने पार्टी सदस्यलाई कारबाही गरेको छ । सन्दीप लामिछानेबाट पीडित गौशाला २६ को तस्बिर सार्वजनिक गरेको भन्दै रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो ।

सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ । रास्वपाले भनेको छ, ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं। सापकोटाले गौशला-२६ (परिवर्तित नाम)को तस्वीर सामाजिक सञ्जाल (X) मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *