नारायणगढ–बुटवल सडक आयोजना छिटो सम्पन्न गर्न पहल गर्ने चिनियाँ राजदूतको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटमा रास्वपाले सम्पन्न गरेको तीन दिने दबाब यात्रा (पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम) का विषयमा कुरा भएको रास्वपाले जनाएको छ ।

निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको र थप ढिलाइ नहुन चालिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको छ । आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाएको रास्वपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *