इजरायली सेनाद्वारा अनजानमा लडाकूको शरीरमाथि गाडी चलाएको स्वीकार

यसै साताको सुरुमा कब्जा गरिएको पश्चिम किनारमा भएको बन्दुक युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बताएको छ ।

सोमबार तुल्कारेम सहरमा मारिएका लडाकूमाथि सैन्य गाडी चलेको सामाजिक सञ्जाल फुटेजले सार्वजनिक गरेपछि प्यालेस्टिनी अधिकारीहरूले इजराइलले ‘क्रुर अपराध’ गरेको आरोप लगाएका छन् ।

सेनाले आतङ्कवाद विरोधी अभियानमा प्रहरीको सहयोग गर्दा गोलाबारी भएको र तीन ‘आतङ्कवादी’ को मृत्यु भएको बताएको छ । इजराइली सेनाले गोलाबारीमा फसेका सेनालाई निकाल्नका लागि पठाइएको र अनजानमा सवारी आतङ्कवादीको शरीरमाथि चढेको बताएको छ ।

सेनाले के भएको थियो भन्नेबार समीक्षा गर्ने उल्लेख गर्दै भिडियोले घटनालाई समग्ररूपमा नदेखाएको बताएको छ । सामाजिक सञ्जालमा साझा गरिएको घटनाको फुटेज सुरक्षा क्यामेराबाट लिएको जस्तो देखिएको र एउटा बख्तरबन्द गाडी शरीरमाथि विस्तारै गुडेको देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *