रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी ।  रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा सहरी प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडलाई अतिरिक्त समयमा ५-३ गोलले हराउँदै म्याड्रिड फाइनलमा पुगेको हो ।

अल अवाल पार्कमा भएको खेलको निर्धारित ९० मिनेट ३-३ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलमा म्याड्रिडले दुई गोल थप्दै जित निकालेको हो । म्याड्रिडलाई जित दिलाउन एन्टोनियो रुडिगर, फेर्लाड मेन्डी, डानी कार्भाहाल र ब्राहिम डियाजले समान एक-एक गोल गर्दा एक गोल उपहार पाएको हो । एथ्लेटिकोको लागि मारियो हेर्मोसो र एन्टोनी ग्रिजमनले समान एक-एक गोल गर्दा एक गोल उपहार पाएको हो ।

अब म्याड्रिडले १५ जुनमा हुने फाइनल खेलमा आज बार्सिलोना र ओसासुना बीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *