इटहरीमा बर्न अस्पताल निर्माण हुने

मोरङ कोशी प्रदेशको इटहरीमा बर्न अस्पताल निर्माण हुने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रष्टबीच इटहरी उपमहानगरपालिका–८ भवानी टोलमा एक सय शय्याको बर्न अस्पताल निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री केदार कार्की र ट्रष्टका प्रमुख डा गौरी प्रधानले हस्ताक्षर गरेका छन् । दुई बिघा १० कठ्ठा जग्गामा ४० करोडको लागतमा अस्पताल निर्माणमा हुन लागेको हो । आगामी तीन वर्षमा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण शीघ्र थालिने मुख्यमन्त्री कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *