गण्डकी प्रदेशसभा सदस्यले भने-सन्दीपलाई विदेशीहरुको इसारामा बली चढाईयो

काठमाडौं । गण्डकी प्रदेशसभाका एकजना सदस्यले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाइएकोप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार सामाजिक संजालमार्फत प्रदेशसभा सदस्य कृष्ण पाठकले विदेशीको इशारामा होनहार क्रिकेटरलाई बली चढाइएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरुको इसारामा बली चढाईयो ।’ बुधबार अदालतले सन्दीपलाई आठ वर्ष कैद सजाय तथा तीनलाख जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति दिन फैसला सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *