पुलिस र एपीएफ फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै पुलिस उपाधिको नजिक पुगेको हो ।

पुलिसले बिहीबार हुने फाइनलमा साबिक विजेता एपीएफ क्लब को सामना गर्नेछ । विभागीय डर्बीमा पुलिसले आर्मीमाथि २५–२१, २५–२३ र २५–१९ ले हराएको थियो । यो सँगै पुलिसले १० दिनअघि बाग्लुङ गल्कोटमा बुकी कपको फाइनलमा भोगेको हारको बदला लिएको छ । त्यो फाइनलमा आर्मीले पुलिसलाई २७–२५, २२–२५, २१–२५, २७–२५ र १५–६ ले हराएको थियो ।

पहिलो सेटमा १८–१२ को पुलिसको फराकिलो अग्रता बनाउँदै खेलमा पकड बनाइएको थियो । त्यसपछि एक समय २२–१९ को अवस्था आएपनि कम्तीमा ३ अङ्कको अग्रतालाई भने पुलिसले अधिकांश कायम गर्न सफल रह्यो ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह चरण एउटैमा रहेका एपिएफ र पुलिसबिच बिहीबार फाइनल र आर्मी र गण्डकीबीच तेस्रो स्थानको खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *