राष्ट्रियसभाको निर्वाचनमा हाम्रो पार्टीलाई पाखा लगाएर सिट बाँडफाँट गर्ने प्रयास एमालेको थियोः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी राष्ट्रियसभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शून्यमा झार्ने प्रयास गरेको बताएका छन् ।

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँट गर्ने प्रयास केपी ओलीले गरेको बताएका हुन् । प्रचण्डसँग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको उनले बताए ।

उनले एमालेको मति अझै सुध्रन नसकेको भन्दै कम्युनिष्टहरु मिलुन् मात्रै भनेर नहुने तर्क गरे । अध्यक्ष नेपालले अर्थतन्त्र सुधार लगायतका समस्या समाधान गर्दै मुलुकलाई अघि बढाउन प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको बताए ।

उनले काम गर्ने मुख्य भूमिका रहेकाले प्रधानमन्त्रीले सुझावका आधारमा सुधारका काम गर्न सक्नुपर्ने बताए । उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने भन्दै यसप्रतिको आघात स्वीकार्य नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *