बङ्गलादेशका नवनिर्वाचित सांसदहरुद्वारा सपथ ग्रहण

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद पदको सपथ लिएका छन् ।

सांसद्हरूलाई बङ्गलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले सपथ ग्रहण गराएका थिए । समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका थिए ।

निर्वाचन आयोगले मङ्गलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लीग पार्टीले २९८ मध्ये २२२ सिट जितेको छ ।

आवामी लीग नेतृत्वको गठबन्धनले २२५ सिटजितेको छ । आम चुनावमा भारी जित हासिल गरेको हसिनाको सत्तारुढ अवामी लीग पार्टीले जनवरी ११ मा नयाँ मन्त्रिमण्डल गठन गर्ने क्याबिनेट डिभिजनका एक वरिष्ठ अधिकारीले बताए ।

प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले गराउने निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा हुनेमा आशङ्का व्यक्त गर्दै बङ्लादेश नेशनल पार्टीलगायतका प्रमुख विपक्षी दलहरूले गत आइतबार सम्पन्न निर्वाचनमा भाग लिएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *