बम्जनको घरबाट तीन करोड तीन लाख नेपाली र ३० लाख विदेशी मुद्रा बरामद

काठमाडौं । हत्या र बलात्कार मुद्दाका आरोपी रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बुधबार बिहान पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको हो । सीआईबीको टोलीले बम्जनलाई मंगलबार साँझ पक्राउ गरेको थियो ।

उनको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै तीन करोड तीन लाख ७५ हजार बरामद गरिएको छ ।

बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए ।

उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीमा आश्रम बनाई बस्दै आएका थिए । हत्या, बलात्कारको उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि उनी फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *