प्रदेश खारेजीको पक्षमा रहेका राप्रपाका नेता अम्बरबहादुर विष्ट कोशीको सभामुख चयन

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख पदमा विष्टको एकल उम्मेदवारी परेको जानकारी दिँदै उपसभामुख दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन् ।

उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला  र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो । झापाका विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

राप्रपा केन्द्रीय सदस्य विष्ट प्रदेश सभाको बैठकमा पटक–पटक प्रदेश खारेजीका पक्षमा आफ्नो विचार राख्दै आएका नेता हुन् । सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त थियो ।

सभामुखमा निर्वाचित बनेपछि विष्टले अब पार्टीको जिम्मेवारीबाट आफू अलग बन्ने भन्दै सभामुखको भूमिकामा संविधानले दिएको सीमाभित्र रहेर काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *