नेप्सेमा २० अंकको बृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो । जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ’सर्किट’ लागेको छ ।

समग्रमा बजार बढेको दिन आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । बजारसँगै आज कारोबार रकम र सङ्ख्या पनि बढेको छ । आज एक करोड ७९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएकोमा सबैभन्दा धेरै निफ्राको आठ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

आज छ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *