रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लिएपछि…

रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १०ः०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो । उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *