जाम्बियामा हैजाको प्रकोप, मृत्यु हुनेको सङ्ख्या २ सय २२ पुग्यो

जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २ सय २२ पुगेको छ । गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिएपछि यसको सङ्क्रमणको कुल सङ्ख्या ५ हजार ४ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३ सय ४० जना निको भई घर फर्किएका छन् यसका साथै निको भएर घर फर्किनेको सङ्ख्या ४ हजार १ सय ७२ पुगेको छ ।

त्यसैगरी सङ्क्रमित मध्ये अस्पताल भर्ना हुन बाँकीको सङ्ख्या १ हजार ५९ छ । स्वास्थ्य मन्त्रालयको दैनिक अपडेटअनुसार देशका १० प्रदेशमध्ये सात प्रदेशमा प्रभावित जिल्लाको सङ्ख्या ३१ पुगेको छ । हैजाबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ। मन्त्रालयले चीनद्वारा निर्मित नेशनल हिरोज स्टेडियमलाई हैजा उपचार केन्द्रको रूपमा तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *