अभ्यास खेलमा गुलसनको सतक

काठमाडौं । यु-१९ विश्वकप खेल्ने तयारीमा रहेको नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध खेल्दैछ। यु-१९ एकदिवसीय विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्ड विरुद्ध अलराउन्डर गुल्सन झाले शतकीय इनिङ खेलेका छन् ।

पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ८४ रनको स्कोर तयार गरेको छ । युवा स्टार झाले १ सय १५ बलको सामना गर्दै १ सय १४ रनको शतकीय इनिङ खेल्दा उनलाई दिपक बोहराले ५४ बलमा ५८ रनको अविजित इनिङ खेल्दै साथ दिएका थिए ।

आगामी १९ जनवरीदेखि ११ फेब्रुअरीसम्म दक्षिण अफ्रिका हुने प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धा गर्दै छ । नेपालले प्रतियोगिताको सुरुवात २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्दै गर्ने छ । २४ जनवरीमा पाकिस्तानसँग भिड्दा समूहको अन्तिम खेलमा २६ जनवरीमा अफगानिस्तानको सामना गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *