मोदीलाई ‘आतङ्ककारी’ भन्ने माल्दिभ्सका तीन मन्त्री निलम्बित

माल्दिभ्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरेको छ । उनीहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै मोदीलाई ‘विदूषक’, ‘आतङ्ककारी’ र ‘इजरायलको कठपुतली’ भनेका थिए । निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् ।

उनीहरूलाई बर्खास्त गर्न माग गरिएको भए पनि माल्दिभ्सका सञ्चारमाध्यमहरूले ती मन्त्रीहरूलाई निलम्बन मात्र गरिएको जनाएका छन् । तीनै जनाले सामाजिक ’एक्स’मा मोदीको पोस्टमा प्रतिक्रिया लेख्दै अपमानजनक टिप्पणी गरेका थिए । मोदीबारे त्यस्तो टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको छ ।

माल्दिभ्सको विदेश मन्त्रालयका एक प्रवक्ताले ती टिप्पणीहरू व्यक्तिगत भएका र तिनले सरकारको धारणा प्रतिनिधित्व नगर्ने बताए । ती मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएपछि मालेको प्रतिक्रिया आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *