१२ करोड हिनामिना गरेको आरोपमा रियल गोर्खा सहकारीका अध्यक्ष र सदस्य पक्राउ

काठमाडौं । काठमाडौंको तिनकुनेमा रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्क बहादुर कठायत र संस्थाका सदस्य विनोद कुमार ओझा पक्राउ परेका छन् ।

सहकारीको १२ करोड रकम हिनामिना गरी फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

सहकारीले जोरपाटी र भक्तपुरमा पनि शाखा सञ्चालन गरेको थियो । सहकारीमा पैसा जम्मा गरेबापत आकर्षक ब्याज आउने भन्दै उनीहरूले बचतकर्तालाई लोभ देखाएको र पैसा फिर्ता नदिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जाजकारी दिएका छन् । बचतकर्ताले पटक–पटक ताकेता गर्दा पनि अध्यक्ष कठायतले पैसा फिर्ता नगरी संस्था नै बन्द गरी फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *