उत्तर पश्चिम पाकिस्तानमा वम विस्फोट हुँदा ६ जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ । प्रहरीको गाडी नजिकै भएको विस्पोटमा पाँच जना प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम तथा विष्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाई विस्पोट गरिएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै, उद्धार टोली तथा प्रहरी यस क्षेत्रमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

सुरक्षा बलले उक्त क्षेत्रमा विषेश सुरक्षा निगरानीका साथ वरपरका क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । यद्यपी विस्फोटको जिम्मेवारी हाल सम्म कुनै समूह वा व्यक्तिले लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *