कांग्रेस नेता सिटौलाले गरे मनोनयन दर्ता

विराटनगर । आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यको रिक्त पदमा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ ।
कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

राष्ट्रिय सभा अध्यक्षको रुपमा हेरिएका सिटौला यसअघि प्रतिनिधि सभा सदस्यमा दुई पटक झापाबाट पराजित भइसकेका छन् ।
सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मनोनयन दर्ता शुरु भएको हो ।

मनोनयन दर्ताका लागि सोमबार दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । राष्ट्रिय सभा चुनावमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *