एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एकीकृत समाजवादीले दुई सिटमा भाग पाएको छ ।

एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *