आफ्ना लक्ष्य प्राप्त नगरेसम्म हमासविरुद्धको युद्ध अन्त्य नहुने नेतान्याहूको घोषणा

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेका छन् ।
।विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनले घोषणा गरेका हुन् ।

उनले सेनालाई हमासलाई हटाउन, बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएका छन् । उनले यी सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध नराक्ने बताएका छन् । उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *