सेनाको कारबाहीमा परी मध्य सोमालियामा ७६ जना अल–शबाब लडाकुको मृत्यु

मध्य सोमालियामा ७६ जना अल–शबाब लडाकु मारिएका छन् । अन्तराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली राष्ट्रिय सेनाले मध्य सोमालियाको मुदुग क्षेत्रमा दुई दिनको अपरेशन पछि ७६ जना अल–शबाब लडाकूहरूलाई मारेको छ भने थुप्रै घाइते बनाएको छ ।

एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल–कायदासँग सम्बन्धित आतङ्ककारी समूह विरुद्धको सैन्य कारबाहीमा मारिएका अल–शबाबका वरिष्ठ कमाण्डरहरू पनि रहेको बताएका छन् ।

सैन्य आक्रमणले अल–शबाब अड्डाहरू र सवारी साधनहरू ध्वस्त पारेको छ भने सेनाले मध्य र दक्षिणी सोमालियामा लडाकुहरूलाई उनीहरूको गढबाट परास्त गर्न अगाडि बढिरहेको छ।

सरकारविरुद्ध लडिरहेको अल–शबाब चरमपन्थी समूहले मध्य सोमालियामा स्थानीय मिलिशियाले समर्थन गरेको सरकारी सेनाबाट ठूलो दबाब र आक्रमणको सामना गरिरहेको छ । चरमपन्थी समूहलाई सन् २०११ मा मोगादिसुबाट परास्त गरिएको थियो तर यसले छिटफुट आक्रमण भने जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *