राष्ट्रिय सभा निर्वाचनमा यी हुन् कांग्रेसका दश उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । जसमध्ये उम्मेदवारको सूचि निम्नानुसार रहेको छ । लामो रस्साकस्सीपछि कांग्रेसले सोमबार बिहान उम्मेदवार  चयन रहेको हो । कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले बताए ।

१० जना मध्ये शेखर कोइराला र गगन थापा पक्षले तीन जना पाएको छ । गण्डकीबाट श्रेष्ठ र परियार तथा लुम्बिनीबाट सापकोटा शेखर र गगन समूहको कोटामा उम्मेदवार बनेका हुन् । उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन्।

उम्मेदवार 

१.  कृष्ण प्रसाद सिटौला

२.  आनन्द प्रसाद ढुंगाना

३.  बिष्णु देबि पुडासैनी

४.  जित जंग बस्नेत

५.  किरण बहादुर श्रेष्ठ

६. पदम परियार

७.  बिष्णु  कुमारी साप्कोटा

८. कृष्ण बहादुर रोकाय

९.  नारायण दत्त भट्ट

१०. बलदेब बोहरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *