एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड माघ १२ गते हुने

काठमाडौं । २०औं संस्करणको प्रतिष्ठित स्पोर्टस अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड  आगामी माघ १२ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर १२ माघमा अवार्ड वितरण कार्यक्रम गर्ने घोषणा गरेको हो ।

२०६० सालदेखि निरन्तर  आयोजना हुँदै आएको स्पोर्टस अवार्डमा नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई मञ्चले सम्मान गर्दै आएको छ ।

विगतमा जस्तै यसवर्ष पनि अवार्डमा ९ विधा नै समावेश गरिएको छ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जनर्नालिस्ट अवार्ड प्रदान गरिनेछ  ।

यसपटक वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ । पहिलो पटक ५ विधाका विजेताले बाइक पाउने भएका हुन् ।

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *