एकीकृत समाजवादीले साँझसम्म उम्मेदवार टुंगो लगाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा सदस्यका उम्मेदवारको टुंगो आजै साँझसम्म टुंगो लगाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसललाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको हो ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आज साँझसम्म उम्मेदवारको टुंगो लगाउने जानकारी दिए । सत्ता गठबन्धनमा आबद्ध दलबीच क्लष्टरको टुंगो लाग्न बाँकी रहेकाले साँझसम्म उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए । एकीकृत समाजवादीको भागमा दुई सिट परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *