कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रुपेश कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् । आइतबार मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *