बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

काठमाडौं । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार मध्यान्ह १२ः४५ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

गत शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि त्यहाँ क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो ।

कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका निम्ति निषेधाज्ञा जारी गरिएको थियो । तर प्रदर्शन थप उग्र बन्दै गएपछि प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो । मृतकका आफन्तले साहको शव समेत बुझ्न मानेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *