राष्ट्रियसभाको उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । शनिबार स्थगित भएको सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । शनिबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।

बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *