ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मिनाङ्काबाउ विमानस्थल बन्द

इन्डोनेसियाको पश्चिमी सुमात्रा प्रान्तमा रहेको मिनाङ्काबाउ अन्तरराष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । मारापी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि उक्त निर्णय लिइएको बताइएको छ । यातायात मन्त्रालयको हवाई यातायातका महानिर्देशक क्रिस्टी एन्डाह मुर्नीले विमानस्थल चाँडै खुल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले ज्वालामुखीको खरानीले इन्जिनलाई हानि पुर्याउन सक्ने र उडानमा खतरामा पार्न सक्ने भएकाले विमानस्थल बन्द गरेको बताए । विमानस्थल बन्दका कारण २९ वटा उडान पुनः सार्नुपरेको थियो । ३ डिसेम्बरमा मारापी ज्वालामुखी विस्फोट हुँदा २३ जना पर्वतारोहीको मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *