हुम्लामा चार दिनदेखि बेपत्ता पुरुष मृत फेला

 

सिमकोट । चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन् ।  हुम्लाको सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृत फेला परेका उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए ।

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्राउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए । गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए। हिन्दू परम्पराअनुसार मृतक बुढाथोकीको शुक्रबार अन्तिम दाह संस्कार गरिएको भक्तराजले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *