टी-२० विश्वकप : नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स

काठमाडौं । आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह ‘डी’मा परेको हो ।

नेपालको समूहमा तीन टेस्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँगै नेदरल्यान्ड्स रहेका छन् । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग, तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र अन्तिम खेल जुन १६ मा बंगलादेशससँग खेल्नेछ । नेपालले शुरुवाती दुई खेल अमेरिका र बाँकी  दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ ।

यस्तै  समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका  रहेका छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् ।

समूह ‘सी’मा न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन् । विश्वकपको फाइनल २९ जुनमा हुनेछ । प्रतियोगिता जुन १ देखि जुन २९ सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *