१२ स्वर्णसहित राष्ट्रपति रनिङ्ग शिल्ड विश्व निकेतन माविलाई

काठमाडौं । १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालयले तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । पुस १७ गतेदेखि सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा विद्यालयले स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको छ ।

शुक्रबार पदमकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा शिक्षा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सामाजिक समितिका संयोजक रामकुमार के. सी., निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले पदक र शिल्डसहित विद्यालयलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *