नेपाल टेलिकम र एनआइटिभी नेपालबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआइटिभी नेपालबीच सम्झौता भएको छ ।

नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रूपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्याउनका लागि एनआइटिभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ ।

दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तर्क्रिरया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ ।

बिहीबार यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआइटिभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवा वारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्त्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।

यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत् सेवाग्राहीसँग अन्तर्क्रिरया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *