काँडाघारीबाट नक्कली नोटसहित एक महिला पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको काँडाघारीबाट नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण हनुमान चोकबाट १ हजारको २४ थान नक्कली नोटसहित रामेछाप दिमपोखरीकी ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।

नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *