दक्षिण अफ्रिकामा बाढीमा परी सात जनाको मृत्यु, ११ बेपत्ता

दक्षिण अफ्रिकाको एक प्रान्तमा आएको बाढीका कारण सात जनाको मृत्यु र ११ जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् । बेपत्ताहरूको खोजीमा उद्धारकर्मीहरू मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन् ।

क्वाजुलु नटाल प्रान्तको लेडिस्मिथ जिल्लामा १० मिटरसम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएका र कारहरू बगाएको उद्धारकर्मीहरूले बताएका छन् । प्रान्तीय अधिकारीहरूले छ जनाको मृत्यु र १० जना बेपत्ता भएको पुष्टि गरेका छन् ।

त्यस्तै दक्षिणमा मान्डेनीमा नदीमा आएको बाढीले तीन जनालाई बगाएको छ । आठ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको र अन्य एक जना हराएको आइपिएसएस उद्धार संस्थाले जनाएको छ । डर्बनदेखि दुई सय ३० किलोमिटर उत्तरपश्चिममा रहेको लेडिस्मिथमा वर्षाका कारण शवहरूको खोजीमा व्यवधान भएको छ । उक्त स्थानमा आइतबार मुसलधारे वर्षा भएको थियो ।

आइपिएसएसका टोली नेता टेरेजा भ्यान डेन बर्गले १० मिटर गहिरो स्थानमा धारले क्याराभान पार्कमा क्षति पुर्याएको र पुल पार गर्ने सवारी साधनलाई बगाएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *