बारामा प्रिन्सिपलको हत्यामा संलग्न भारतीय सुटर सुजित सिंह पक्राउ

सिमरा । बारामा प्रहरीले भारतीय सुटर सुजितकुमार सिंहलाई पक्राउ गरेको छ । प्रहरीले सिंहलाई गएराति बाराको बिश्रामपुर गाउँपालिका १ छतवाबाट पक्राउ गरेको हो ।

सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले खुट्टामा गोली प्रहार गरेको छ । पक्राउ गर्न लाग्दा भाग्न खोजेपछि गोली प्रहार गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन्। सिंहको अहिले कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

भारत मोतीहारी जिल्ला दार्पा थाना १ सुक्लहियाका सिंहमाथी कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार (सर्राफ) र भारत मोतिहारीका अजितकुमार सिंहको हत्या गरेको आरोप छ। सर्राफको कात्तिक १३ गते कलैयामा र सिंहको असोज ९ गते पचरौतामा गोली प्रहार गरी हत्या गरिएको थियो ।

दुबै हत्याकाण्डमा सिंह मुख्य सूटर रहेको जनाउँदै प्रहरीले उनको खोजी गरिरहेको थियो। उनको साथबाट प्रहरीले एक थान पेस्तोल र गोलीसमेत बरामद गरेको छ। प्रहरीका अनुसार सिंहसंगै रहेका अन्य व्यक्ति भने फरार भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *