रोनाल्डोको दुई गोलमा अल नासर विजयी

एजेन्सी । साउदी प्रो लिगमा अल नासर विजयी भएको छ । बुधबार राति भएको खेलमा अल इत्तिहादलाई ५-२ गोलले हराउँदै अल नासरले शीर्ष स्थानमा रहेको अल हिलालसँग अंक दुरी घटाएको हो ।

प्रिन्स अब्दुल्लाह अल फाइसाल स्टेडियममा भएको खेलमा अल नासरलाई जित दिलाउन रोनाल्डोले दुई गोल गर्दा साडियो मानेले दुई र एन्डर्सन टालिस्काले एक गोल थपे । इत्तिहादको लागि अब्देराजक हमादुल्लाहले दुई गोल गरे । खेलको १४ औं मिनेटमा बेन्जिमाको पासमा हाम्दुल्लाहले गोल गर्दै इत्तिहादलाई शुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई १-१ गोलको बराबरीमा ल्याए ।

३८ औं मिनेटमा टेल्लेसको पासमा टालिस्काले गोल गर्दै पाहुना टोलीलाई २-१ गोलको अग्रता दिलाए । ५१ औं मिनेटमा कोरोनाडोको पासमा हामदुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै इत्तिहादलाई २-२ गोलको बराबरीमा ल्याए । ६६ औं मिनेटमा फाबिन्हो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इत्तिहाद १० खेलाडीमा समेटिएको थियो ।

६८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ३-२ गोलको अग्रता दिलाए । यस गोलसँगै रोनाल्डो यस वर्ष सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । ७५ औं मिनेटमा टालिस्काको पासमा मानेले गोल गर्दै अल नासरलाई सहज जिततर्फ अगाडि बढाएका थिए ।  यस्तै सात मिनेट पछि मानेले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ५-२ गोलको जित दिलाएका हुन् ।

जितसँगै अल नासर १८ खेलबाट ४३ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २८ अंक जोडेको इत्तिहाद छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *